Namaste & Kuzuzangpo

बट्टब्रिक्षको हागाबाट फेरी एउटा पात झर्यो – समबेदना

May 2nd, 2010

बट्टब्रिक्षको हागाबाट फेरी एउटा पात झर्यो
हिड्दै थियो जिन्दगानी फेरी एउटा साझ पर्यो ।।

स्वर्गिय पलक बहादुर पौडेल

२०६७ साल बैशाख ७ गते रातको १ बजी हाम्री जानुका दिदीका पुजनिय पिता तथा श्री पहल्मान तामाङका ससुरा श्री पलक बहादुर पौडेलको ६२ बर्षको उमेरमा बेल्दागी १ सेकत्तर जी १ चाप्रो नम्बर १३ मा स्वर्गरोहण भएकोमा सोक्सन्तप्त परिवार तथा आफन्तजनमा हार्दिक समबेदना प्रकट गर्दछु । स्वर्गिय आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा धर्यधारन गर्ने शक्तिको निमित श्री पशुपतिनाथसँग आरधना गर्दछु ।

तारा गौतम
एवम्
समस्त एडिलेड भुटानि

Comments

  1. Narayan Bhattarai said on May 2nd at 2:47 pm:

    बटवृक्षको हागाबाट फेरी यौटा पात झर्यो
    मध्य गगनमा घाम नपुग्दै आगनीमा ओझेल पर्यो
    क्यानभासको रंगचित्रमा प्रकाश भर्ने ज्योती निभ्यो
    जीवन चोला छाडी यतै शव प्राणपखेरु स्यर्ग पुग्यो

    समबेदनाका हार म दिन्छु चीर शान्तिको स्थान मिलोस्
    स्वर्गद्वारको मुकुट सझाई सुबासनाको फूल फुलोस्
    प्रभु इश्वरमा अराधनले प्रार्थनाको बिन्ति चढाउ
    शोकाकुल जन परिवारहरुमा धैर्य नटुट्ने आश जगाउ

  2. Ichha Poudyel said on May 11th at 3:11 am:

    माटोबाट अएका थियौ
    माटोसंगै मिल्न गयौ
    शितसरी घाममा बिलायौ
    साँझ पर्दा फेरी आयौ ।

    प्राण पखेरु एउटा चरो
    रुख छाडी अन्त्यै सर्यो
    हिजो लूट्पुटिएको काख
    आज मर्यो भन्नै पर्‍यो।

    बटब्रिक्षको हँगाबाट सुरु भएको स्वर्गिय पलक बहादुर पौडेलको श्रदान्जली यात्राको तेह्रौ दिन यी दुई शब्दको मानु-चामल
    इच्छा पौडेलबाट ।

Add A Comment